दफा ४५
विभागीय सजायका लागि लेखी पठाउन सक्ने
(१) दफा ३९ को उपदफा (१) बमोजिम कामबाट हटाइएको कर्मचारीलाई आयोगले विभागीय कारबाहीको लागि सम्बन्धित निकायमा लेखी पठाउन सक्नेछ ।

(२) दफा ४० बमोजिमको कसूर निजामती सेवा, सुरक्षा निकाय, अन्य सङ्घीय सरकारी सेवा वा सङ्गठित संस्थाका कर्मचारीले गरेमा त्यस्तो कर्मचारीलाई विभागीय कारबाहीका लागि आयोगले सम्बन्धित निकायमा लेखी पठाउन सक्नेछ ।

(३) दफा ४१ को उपदफा (१) बमोजिमको कसूर कुनै कर्मचारीले गरेमा त्यस्तो कर्मचारीलाई सो दफा बमोजिमको सजायको अतिरिक्त प्रचलित कानून बमोजिम विभागीय कारबाही समेत हुनेछ र सो प्रयोजनको लागि आयोगले सम्बन्धित निकायमा लेखी पठाउनेछ ।

(४) उपदफा (१), (२) वा (३) बमोजिम विभागीय कारबाहीको लागि लेखी आएमा अख्तियारवालाले तीन महिना भित्र सम्बन्धित कर्मचारीलाई निजको सेवा शर्त सम्बन्धी कानून बमोजिम विभागीय कारबाही गरी सोको जानकारी आयोगलाई दिनु पर्नेछ ।